जेनेभा ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ३० लाख मानिस संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार सोमबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा २४ घण्टाको अवधिमा मृतकको संख्यामा अघिल्ला दिनको तुलनामा केही कमी आएको छ । विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३ सय ३० जनाको मृत्यु भएको छ ।
यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५५ हजार ४ सय १५ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २२ हजारको हाराहारीमा पुगेको छ । कोरोना भाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ८ लाख ८१ हजार ५ सय ६१ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५७ हजार ६ सय १३ जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको छ । हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ५० हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ६ सय ४४ जना, स्पेनमा २३ हजार १ सय ९० जना, फ्रान्समा २२ हजार ८ सय ५६, बेलायतमा २० हजार ७ सय ३२ जना, बेल्जियममा ७ हजार ९४ जना, जर्मनीमा ५ हजार ९ सय ७६ जना, नेदरल्यान्ड्समा ४ हजार ४ सय ७५ जना, स्वीडेनमा २ हजार १ सय ९४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६ सय ६० जना, आयरल्यान्डमा १ हजार ८७, पोर्चुगलमा ९ सय ३ जना तथा रसियामा ७ सय ४७ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ७ सय १० जना, चीनमा ४ हजार ६ सय ३३ जना, ब्राजिलमा ४ हजार २ सय ८६ जना, टर्कीमा २ हजार ८ सय ५ जना, क्यानाडामा २ हजार ५ सय ६० जना, मेक्सिकोमा १ हजार ३ सय ५१ जना, भारतमा ८ सय ८४, इन्डोनेसियामा ७ सय ४३ जना, इक्वेडरमा ५ सय ७६ जनाको मृत्यु भएको छ । –रासस/एपी/एएफपी





























प्रतिक्रिया