हाम्रो नेपाल संस्थाले गर्यो, मन्डनदेउपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

हाम्रो नेपाल संस्थाले गर्यो, मन्डनदेउपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

केन्द्रबिन्दु
0
Shares

काभ्रेपलाञ्चोक ।
हाम्रो नेपाल नामक संस्थाले काभ्रेपलाञ्चोक जिल्लाको मन्डनदेउपुर नगरपालिकालाइ स्वास्थ समाग्री सहयोग गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणक लागि आवश्यक स्वास्थ्य सामाग्री सो संस्थाले सहयोग गरेको हो ।

स्वास्थ्य सामाग्रीमा ५ सेट थर्मल गन ७ सेट पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई ) रहेका छन् । संस्थाका अध्यक्ष प्रेम श्रेष्ठ र हाल अमेरिकामा रहेका केही व्यक्तिहरुको सहयोगमा गणेश भण्डारीको समूहले आइतबार नगरपालिकाका प्रमुख टोकबहादुर वाइबालाई ती सामाग्री हस्तान्तरण गरेको हो ।

हाम्रो नेपाल संस्थाले यसअघि पनि विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । संस्थाका प्रतिनिधि गणेश भण्डारीले सहयोग सामाग्री हस्तान्तरण गर्दै आगामी दिनमा पनि नगरपालिकासँग हातेमालो गर्दै सामाजिक कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै स्वास्थ्य सामाग्री लिँदै नगरप्रमुख टोकबहादुर वाइबाले विपद्को बेलामा पनि संस्थाले सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए ।

Logo