काठमाडौं ।
जनता समाजवादी पार्टीको दल दर्ता प्रक्रिया रोक्न निवेदन परेको छ । आइतबार राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले दल दर्ताको प्रक्रिया रोक्न संयुक्त रुपमा निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
नव गठित जनता समाजवादी पार्टीले दल दर्ताका लागि दिएको निवेदनमा बहु राष्ट्रिय राज्य शब्द उल्लेख गरिएकाले संविधान विपरीत भएको निवेदकको भनाइ छ । ‘दल दर्ता गर्ने प्रयोगनका लागि दुई पार्टी मिली गरिएको सहमति पत्र समेत आयोगमा पेश गरिएको रहेछ । सो सहमति पत्रमा प्रस्ताव गरिएको नयाँ दलको उदेश्य नेपालमा बहु राष्ट्रिय राज्य कायम गर्ने भनि उल्लेख गरिएको छ’–संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ–‘सो सहमति पत्रपमा बहुराष्ट्रिय राज्य भन्ने उल्लेख गरिएको व्यहोरा नेपालको संविधानको धारा ३ द्धारा परिभाषित राष्ट्रिको कल्पना बहुजातिय, बहुभाषिक, बहुधार्मिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता भौगोलिक अखण्डता, राष्ट्रियहित तथा समृद्धिप्रति आस्थावान रहि एकताको सुत्रमा आवद्द सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने मर्म र भावना विपरित राष्ट्र भन्नाले छुट्टै अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संविधानको धारा २६९(५) विपरित प्रस्ताव गरिएको उक्त दल दर्ता प्रक्रिया रोकि पाउन यो निवेदन पेश गरेका छौँ ।’
गत बुधबार राति पार्टी एकता गर्ने सहमती गरेका तत्कालिन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले बिहिबार बिहान निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुले दल दर्ताका लागि दिएको आवेदन निर्वाचन आयोगले १३८८ नम्बरमा दर्ता गरेको थियो ।
निवेदनः
































प्रतिक्रिया