आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द

आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान आगामी जेठ २ गतेसम्म बन्द गर्ने भएको छ। आज सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय गरेको हो ।

यसअघि सरकारले वैशाख १८ सम्म मात्र अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो।

लकडाउनको निरन्तरताबारे छलफल भए पनि यसको विषयमा भने समितीले केहि निर्णय गरेको छैन । भोलि बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको बारेमा निर्णय गर्ने बताइएको छ ।

बैठकमा हालसम्मका लकडाउनको प्रभावकारिता, कार्यान्वयन र सफलताका विभिन्न पाटा पक्षबाट समीक्षा गर्दै यस कार्यमा महत्वपूर्ण योगदान पु¥याउने चिकित्सक, नर्स, सुरक्षाकर्मीलगायत सबै सरोकारवाला निकाय र अधिकारीलाई समितिले धन्यवाद ज्ञापन गरेको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउन बैशाख १५ गते सम्म रहने छ ।

Logo