लकडाउन थप गर्ने जिम्मा उच्चस्तरीय समितिलाई

लकडाउन थप गर्ने जिम्मा उच्चस्तरीय समितिलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले ११ चैत यता निरन्तर जारी राखेको लकडाउन थप गर्ने कि नगर्ने विषयमा भने शुक्रबारको बैठकले कुनै निर्णय लिएन ।

पछिल्लो पटक थपिएको लकडाउन अवधि वैशाख १५ गतेसम्म छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आवश्यक गृहकार्य गरेर अन्तिम निर्णयमा पुगिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।

‘विदेशमा रहेका नेपालीका विषयमा पनि सम्बन्धित देशका सरकार प्रमुखहरूसँग मैले कुराकानी गरिरहेकै छु’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘यता (नेपाल) को लकडाउनका विषयमा पनि उच्चस्तरीय समन्वय समितिले छिमेकी देशको अवस्था, अन्य सबै पक्षको अध्ययन विश्लेषण गरेर तयारी गर्नुहोला। अर्को बैठकमा यस सम्बन्धमा निर्णयमा पुगौंला।’ अन्नपूर्णबाट

Logo