‘जनतालाई राजतन्त्र र गणतन्त्रको कुनै आभास भएन’ : कांग्रेस नेता भण्डारी

‘जनतालाई राजतन्त्र र गणतन्त्रको कुनै आभास भएन’ : कांग्रेस नेता भण्डारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले राजतन्त्रबाट गणतन्त्र , प्रजातन्त्रबाट लोकतन्त्र प्राप्त भयो तर नेतृत्त्व परिवर्तन भएन भन्दै गुनासो गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै नेता भण्डारीले जनतालाई राजतन्त्र र गणतन्त्रको कुनै आभास नभएको बताएका हुन् ।

राजतन्त्रबाट गणतन्त्र , प्रजातन्त्रबाट लोकतन्त्र प्राप्त भयो तर नेतृत्व परिवर्तन भएन । उनले भनेका छन् , दुबै ब्यवस्थाको एउटै नेतृत्व । युवाहरु विदेशिएर देशको विकास हुन नसक्ने भन्दै भण्डारीले विदेशी शिक्षाले गणितिय ज्ञान त देला तर विवेक भर्न सक्दैन भन्ने विचार व्यक्त गरेका छन् ।

उनले लेखेका छन् , ‘राजतन्त्रबाट गणतन्त्र , प्रजातन्त्रबाट लोकतन्त्र प्राप्त भयो तर नेतृत्त्व परिवर्तन भएन । दुबै ब्यवस्थाको एउटै नेतृत्व । जसले गर्दा नेपालीले लोकतन्त्रको ब्यवहारीक पक्षको अनुभूति गर्न पाएनन् । जनतालाई राजतन्त्र र गणतन्त्रको कुनै आभास नै भएन । विडम्वना त धेरै राजा रानी, राजकुमार, राजकुमारी र सलामी । ब्यबहार र सैली अपमान जनक । पाखुरी विदेशमा बेचेर देशको विकास हुन सक्दैन । विदेशी शिक्षाले गणितिय ज्ञान त देला तर विवेक भर्न सक्दैन । सडक त बनाउला तर दुर्घटनालाई रोक्न सक्दैन । हाम्रा नाममा भिकको हात फैलिएका छन् । हामी बिकृका पसलका सामान भएका छौं । विभाजित छ मानिस विचारको नाममा तर उसको नेता एउटै हो । नेता राम्रो भए परिवार राम्रो छैन, परिवार राम्रो भए साथी राम्रो छैन । अपहरणकारी पुरस्कृत हुने, देश लुट्ने नेता हुने, नागरिकता बेच्ने शक्तिशाली हुने । आस गरिएका अड्न्न नसक्ने । यही चक्र घुमी रहन्छ । जनता शब्दमा अल्झिन्छ । कति छिटा छन् रगतका,,, यहाँ दण्ड र पुरस्कार दिनेहरु पनि रसिद खोज्दछन् । मेरो कलिलो उमेरको पिटाई , ठेडुकाको बसाई , जेल जिवन के का लागि ? प्रश्नै प्रश्नमा मेरो जिवन । यही हो मेरो देश ।’

Skip This
Skip This
Logo