बेलायतमा कोभिड-१९ विरुद्धको खोप परीक्षण सुरु

बेलायतमा कोभिड-१९ विरुद्धको खोप परीक्षण सुरु

केन्द्रबिन्दु
0
Shares

लन्‍डन ।
बेलायतमा कोभिड १९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ । बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड १९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो । युरोपकै पहिलो परीक्षण अन्तर्गत पहिलो दिन दुई स्वस्थ स्वयंसेवकले खोप लिएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्‍युट टिमकी प्राध्यापक सारा गिल्बर्टले आउँदो मे मध्यसम्ममा ५ सय जनासम्म स्वयंसेवीहरुमा उक्त खोप परीक्षण गर्ने योजना रहेको बताइन्। उक्त खोपको परीक्षण सफल हुनेमा आफू पूर्ण आशावादी रहेको उनले बताएकी छिन्।

मानव परीक्षणको प्रारम्भिक नतिजा सेप्टेम्बर महिनासम्ममा प्राप्त हुने अनुसन्धानकर्ताहरुले आशा गरेका छन् । बीबीसीका अनुसार, खोप लिनेमध्ये एकजना स्वयंसेवक इलिसा ग्रानाटोले आफू वैज्ञानिक भएकाले सम्भव भएसम्म खोप विकासको वैज्ञानिक प्रक्रियामा सहयोग गर्न चाहेको बताएकी छन्।

वाटर एड यूके मा सिनियर वास म्यानेजरका रुपमा कार्यरत जनस्वास्थ्य विज्ञ डा. ओमप्रसाद गौतम ‘कोभिड १९’ को पहिलो केस देखिएको करिब ४ महिनाभित्र ‘भ्याक्सिन’ परीक्षणको तहसम्म आइपुग्नुलाई ‘क्विक टर्न अराउण्ड’ का रुपमा लिन सकिने बताउँछन् । तर उनले यो ‘भ्याक्सिन’ सफल हुने नहुने अहिले भन्न नसकिने बताए।

‘भ्याक्सिनको परीक्षणमा ‘ट्रायल एण्ड इरर’ चलिरहन्छ। कहिले, कुन चरणमा पुगेर सफल हुन्छ थाहा हुँदैन’, उनले भने। गौतमका अनुसार, कुनै पनि रोगको ‘भ्याक्सिन’ तयार हुन १२ देखि १८ महिनासम्म लाग्न सक्छ।कान्तिपुरबाट

Logo