भक्तपुर ।
चाँगुनारायण नगरपालिका ९ ताथलीका सानुभाई गिरीले बारीमा लगाएको काउली, बन्दा र फर्सी बिक्री नभएपछि गाईलाई खुवाउन थालेका छन् ।
बारीमा बिक्री गर्ने बेला भएका काउली र बन्दा बजारमा लैजाने अवस्था नभएपछि घरमा पालेका तीनवटा गाईलाई खुवाउन थालेका हुन् । गिरीले मात्रै होइन, यो ठाउँका धेरै किसानले तरकारी बिक्री गर्न नपाएपछि अचेल दैनिक गाईलाई खुवाउन थालेका छन् । अधिकांशको घरमा एकदेखि तीनवटासम्म गाई रहेको र सामान्य रुपमा भएपनि धेरैले तरकारी खेती गरेकाले गाउँमा समेत बिक्री नहुँदा उनीहरु गाईलाई तरकारी खुवाउन बाध्य भएका हुन् ।
तरकारी मात्रै हैन, घरमा पालेको गाईको दूध समेत बिक्री गर्न नपाएको उनको गुनासो छ । दैनिक ११ लिटर दूध बिक्री गर्दै आएको उनले गाईलाई दाना नहुँदा दूध घटेको र लकडाउन पछि ठेकेदारले दूध नलिदाँ बिक्री नभएको बताए । भिडियोमा





























प्रतिक्रिया