काठमाडौं ।
एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।
एनसेल प्राइभेट लिमिटेडले आमाको मुख हेर्ने दिनको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल कोसेली अफर अन्तर्गत विभिन्न आकर्षक योजनाहरु ल्याएको छ जस अन्तर्गत ग्राहकले एनसेलको प्रिपेड सेवा प्रयोग गरिरहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई भ्वाइस प्याक, डेटा प्याक र एसएमएस प्याक उपहार स्वरुप पठाउन सक्नेछन् ।
एनसेल कोसेलीको रुपमा पठाउन सकिने सेवाहरुमा ७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६०० एमबी डेटा, २१०० एमबी डेटा र १,००० एसएमएस रहेका छन् । एनसेल कोसेलीको अन्तर्गतको यी प्याकहरु बिहीबार (वैशाख ११) देखि लागु हुनेछ ।
एनसेलका प्रिपेड ग्राहकले ७५ मिनेट भ्वाइस प्याक कर सहित मात्र रु ६२.५७ र त्यसै गरी अर्को ५५ मिनेट भ्वाइस प्याक कर सहित रु ३१.९२ मा उपहार पठाउन सक्नेछन् । ५५ मिनेटको भ्वाइस प्याक उपहार प्राप्त गर्ने ग्राहकले ३ दिन भित्र एनसेल नेटवर्कभित्र उक्त भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन् । त्यस्तै ७५ मिनेटको भ्वाइस प्याक उपहार पाउने ग्राहकले ७ दिन भित्र एनसेल नेटवर्कभित्र उक्त भ्वाइस सेवाको प्रयोग गर्न सक्नेछन् ।
डेटामा ग्राहकले ६०० एमबी डेटा (२०० एमबी अल नेट, २०० एमबी फोरजी र २०० एमबी नाइट डेटा) मात्र रु ४४.६९ मा उपहार स्वरुप पठाउन सक्नेछन् । उक्त डेटा प्याक ३ दिनको लागि मान्य रहनेछ । त्यसै गरी प्रिपेड ग्राहकले आफ्ना साथिभाई तथा परिवारजनलाई २१०० एमबी डेटा (हरेक दिन ३०० एमबी ७ दिन सम्म) मात्र रु ९७.४ मा उपहार दिन सक्नेछन् ।
यसका साथै प्रिपेड ग्राहकले १००० वटा एसएमएसको प्याक उपहार स्वरुप मात्र रु २४.२६ मा पठाउन सक्नेछन् । यसरी प्राप्त हुने एसएमएस उपहार प्राप्त गर्ने ग्राहकले आफुले पाएको मितिबाट ३० दिनसम्म प्रयोग गर्न सक्नेछन् ।
एनसेल कोसेली अफर अन्तर्गतका उपहारहरु पठाउन ग्राहकले एस्ट्रिक्स १७१११ ह्यास डायल गरी निर्देशन अनुसारको विकल्पहरु छनोट गरी एनसेल कोसेली सजिलै पठाउन सक्नेछन् । ग्राहकले १७१११ मा डायल गरी यो अफरको जानकारी पनि लिन सक्नेछन् । उपहार वापतको शुल्क उपहार पठाउने ग्राहकको मेन ब्यालेन्सबाट काटिनेछ । एनसेल कोसेलीबाट उपहार पठाउन थप अन्य कुनै सेवा शुल्क लाग्ने छैन ।
प्रिपेड ग्राहकले आफ्नो ईच्छा बमोजिम जति पटक पनि उपहार पठाउन सक्नेछन् । कोरोना भाइरस रोगको महामारीले गर्दा सबैजना सामाजिक दूरी कायम गर्दै घरमा नै बसिरहेको हालको अवस्थामा आमाको मुख हेर्ने दिनको अवसर पारी ल्याईएका योजनाहरुले सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्दै सम्बन्धहरुलाई थप प्रगाढ बनाउने विश्वास एनसेलले लिएको छ ।





























प्रतिक्रिया