‘इस्तिमा’का मतियार र सुत्रधारलाई कारवाही गर

‘इस्तिमा’का मतियार र सुत्रधारलाई कारवाही गर

केन्द्रबिन्दु
0
Shares

११ चैतदेखि सुरु भएको ‘लकडाउन’ले आज एक महिना पुरा गरेको छ । र, यसबीचमा ४५ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । र, यो बढ्दो क्रममा छ ।

भारत, बेलायत, फ्रान्स, बेल्जियम र चीनगरी ५ देशवाट नेपालमा कोरोना भाइरस आयातीत भएको हो । त्यसमा पनि संक्रमित मध्ये ५०  प्रतिसतभन्दा बढी भारतबाट आएकाहरु रहेका छन् । संक्रमित मध्ये २९ जना भारतबाट आएका हुन् । त्यसैगरी २९ मध्ये २० जना तब्लिगी जमातीहरु रहेका छन् । जो भारतको दिल्लीस्थित निजामुद्धिन मर्कसवाट भागेर नेपाल आएका हुन् । र, हालसम्म भेटिएका संक्रमितहरुको संख्याको हिसावमा उदयपुर जिल्लाको त्रियुगा नपा. ३ भुल्किया नेपालको कोरोना भाइरसको ‘इपिसेन्टर’ बनेको छ । भुल्कियास्थित मस्जितमा मात्रै २६ जना संक्रमित भेटिएका हुन् ।

अलमलमा सरकार

नेपालमा कोरोना भाइरसको संख्या थप्ने कार्यमा दिल्ली स्थित निजामुद्धिन मर्कसमा भएको बृहत्त धार्मिक भेला प्रमुख कारण भएको छ । त्यसैगरी त्यस भेलाभन्दा अघि ३,४, ५ फागुनमा नेपालको सप्तरी जिल्लामा पर्ने बोदे बर्साइन नगरपालिकाको वार्ड नं ५ जाँजर स्थित भाटिन गाऊँको खड्ग नदी किनारामा भएको अन्तर्राष्ट्रिय धार्मिक सम्मेलन ‘इस्तिमा’ अर्को प्रमुख कारण बनेको छ । सप्तरीको कार्यक्रमलाई नै तब्लिगी जमातीहरुले दिल्ली मर्कसको गुरु योजना बनाएका थिए । यी दुई कार्यक्रमको जगमा नेपाल र भारतमा कोरोना आतंक फैलिएको पुष्टि भइसकेको छ ।

२०७६ चैत २६, २०७७ बैशाख १ र सोही महिनाको ६ गतेगरी तीन पटक मैले लेख र विज्ञप्ती मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको छु । र, यो लेख पनि त्यसैको निरन्तरता हो । मैले यी सबै लेख तथा विज्ञप्तीहरु मार्फत अबैधरुपमा पूर्ववत गुरु योजना अनुसार भएका भेला र इस्तिमाहरु हाम्रालागि ठूलो त्रुटी र भूल भएको भनेर सचेत गराउने प्रयास गरेको हुँ ।

लेखक किशोर विश्वास

तब्लिगी जमातीहरु भारतबाट भागेर नेपाल आएका हुन् । र, अहिले उनीहरु नेपालका मस्जिद र मदर्शाहरुमा लुकेर बसेका छन् । अझ कतिपय त मस्जिद र मदर्शा पनि छोडेर सार्वजनिक स्थलमा आएर लुक्न थालेको घटना देखिन र सुनिन थालेको छ ।

नेपाल सरकारले निकालेको ‘ट्राभल हिस्ट्री’ अनुसार संक्रमित तब्लिगी जमातीहरु चार महिनाअघि नै भारतबाट नेपाल छिरेका हुन् । त्यसपछि उनीहरु विभिन्न मस्जिद र मदर्शा हुँदै उदयपुरसम्म पुगेका थिए । तर, सरकारले खुलाउन नसकेको मुल पक्ष भनेको उनीहरुमा कसरी कोरोना भाइरसको संक्रमण भयो ? घाम जत्तिकै छर्लङ यो तथ्य नेपाल सरकारले किन पत्तालगाउन सकिरहेको छैन ? चार महिनाअघि नेपाल आएपनि वीचमा उनीहरु दिल्ली मर्कस पुगेकै थिए । घटनाक्रम र परिणामले यसकुरालाई पुष्टि गरिसकेको छ ।

भारतमा तब्लिगी जमातीको विश्व प्रमुख हजरत मौलान साद साहेब लगायत ७ जनालाई पक्राउगरी मुद्धा चलाईएको छ । उनीहरुलाई इण्डियन पेनल कोर्ट ‘आइपीसी’ धारा ३०४ अन्तर्गत  हत्या अभियोगमा मुद्धा चलाईएको छ । भारत सरकारले ‘लक डाउन’ घोषणा गरिसकेपछि गत चैत १० देखि दिल्लीस्थित निजामुद्धिन मर्कसमा ठूलो इस्लामिक भेलाको आयोजना गरेरिएको थियो, र सोही भेलामा उपस्थित भएका तब्लिगी जमातीहरु मध्ये हजारौलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

र, ती मध्ये केहीको मृत्यु समेत भएको छ । सोही अबैध भेला नै कोरोना फैल्याउन र मृत्युको कारण बनेको भारत सरकारको जिकिर रहेको छ । त्यसकारण त्यस भेलाका मूख्य आयोजक र सहभागीहरुलाई भारत सरकारले खोज्न थालेपछि उनीहरु डराएर भाग्नेक्रममा नेपाल पसेका हुन् । सो मर्कसमा नेपालवाट भाग लिएका पर्सा, सुनसरी जिल्ला लगायतका जमातीहरु मध्ये केहीको मृत्यु र अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश नं २ को सप्तरी जिल्लामा दिल्ली मर्कसकोभन्दा बृहत्त र अबैध ‘इस्तिमा’ आयोजना गर्नेहरु भने अहिले सरकारका विश्वासी भएका छन् । उनीहरु मध्ये धेरैजसो सरकारी पदमा बसेर अर्नगल प्रचार र झुठो निर्णय र आश्वसन बाँडिरहेका छन् । नेपालको कोरोना भाइरस आतंकका सुत्राधार र मतियारहरुको सत्य तथ्य छानमिनगरी कानुनी कारवाही गरिनु पर्दछ ।

संबैधानिक मुस्लिम आयोगका पदाधिकारीहरुको झुठो, भ्रामक र विषायन्तर गर्ने अभिब्यक्ति आइरहँदा संक्रमितहरुको ठूलो संख्या सोही जमातीहरु नै भएको तथ्य र प्रमाण सार्वजनिक भएकाछन् । तर पनि नेपाल सरकार त्यही झुठ प्रचारमा अल्मलिएर बसेको अवस्था छ ।

को हुन् नेपालमा कोरोना भाइरसका सुत्राधार र मतियारहरु ?

अन्तर्राष्ट्रिय धार्मिक सम्मेलन ‘इस्तिमा’ भएको प्रदेश नं २, सप्तरी जिल्ला, बोदे बर्साइन नगरपालिका, वार्ड नं ५, का जिम्मेवार ब्यक्तिहरुको नाम र सक्रियता हेर्दा सुत्राधार र मतियार पत्ता लगाउन गार्रो छैन ।

सुरुमा दुई–दुई पटक गृहमन्त्रालयले रोकेको यस कार्यक्रमलाई जसरी पनि गराई छोड्ने मध्येका एक थिए, मुस्लिम आयोगका अध्यक्ष, मो. समिम अन्सारी । जसले उक्त ‘इस्तिमा’मा स्वागत भाषण समेत गरेका थिए । त्यसैगरी यस ‘इस्तिमा’ गराउन कम्मर कसेर लागेका थिए, २ नं प्रदेशका मूख्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष मो.लालबाबु राउत गद्धी । यी दुईजनाको बलमा सप्तरीमा लाखौं सहभागी भएको ‘इस्तिमा’ सम्पन्न भयो । सरकारलाई नेपाल–भारतका मात्र जमातीहरु हुन्छन् भनेर विश्वास दिलाएपनि त्यस ‘इस्तिमा’मा १८ देशका जमातीहरु रहेको पनि पुष्टि भइसकेको छ । ‘इस्तिमा’ आयोजकले गरेको यो पनि एउटा झुठ एवं षड्यन्त्र थियो ।

त्यसैगरी कार्यक्रम भएको बोदे बर्साइन नगरपालिकाका मेयर आतेस सिंह यादव समाजवादी पार्टीका हुन् भने कार्यक्रमस्थल वार्ड नं ५का वार्ड अध्यक्ष हुन् मो.मजेबुल मिया । मिया राष्ट्रिय जनता पार्टी (राजपा)का स्थानी नेता हुन् । उक्त ‘इस्तिमा’को संयोजक थिए, मो.गफुर मिया । उनी पनि राजपाका स्थानीय नेता हुन् ।

‘इस्तिमा’ स्थल रहेको सप्तरी ४ ‘ख’ वाट प्रदेशसभामा अभिषेक कुमार यादवले प्रतिनिधित्व गरेका छन् । प्रदेश सभा सांसद अभिषेक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सोही पार्टीका २ नं प्रदेश इन्चार्ज रेणु यादवका छोरा हुन् । मेयर आतेस सिंह यादव पनि रेणुका भतिज (देवरका छोरा) हुन् । पूर्व मन्त्री समेत रहेकी रेणु यादव समाजवादी पार्टीको सांसद (समानुपातिक) हुन् । राजपाका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभाका सांसद बोदे बर्साइन् निवासी मृगेन्द्र कुमार सिंह यादव मेयर र प्रदेश सभासद्का काका हुन् ।

यस कार्यक्रमलाई सफल पार्न समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको पनि सक्रियता रहेको थियो । राजपाका केही अध्यक्ष मण्डलका सदस्यहरु पनि उक्त ‘इस्तिमा’ सफल वनाउन लागिपरेका थिए ।

यिनीहरुसँगै पर्सा जिल्लास्थित जगन्नाथपुर गाऊपालिकाका अध्यक्ष मो. जालिम मिया पनि दिल्ली मर्कसवाट भागेर आएका संक्रमितहरुलाई लुकाएर राख्नेमा पर्दछन् ।

प्रदेश नं २ को सप्तरीमा ३,४,५ फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय धार्मिक सम्मेलन ‘इस्तिमा’ नै दिल्लीको निजामुद्धिन मर्कस भेलाको पूर्व तयारी एवं ‘रियलसल’ कार्यक्रम रहेको पुष्टि भएको छ । आज उदयपुरको त्रियुगा न.पा. ३ को भुल्किया गाऊँ कोरोना महामारीको ‘इपिसेन्टर’ भएको पनि यसैका कारण हो । यस अर्थ नेपाल सरकारले अबिलम्ब यस कोरोना महामारीका प्रमुख पात्र, संस्था, संगठन, योजनाकार, सुत्राधार र मतियारहरुलाई तत्काल पक्राउगरी कानुनी कारबाही गर्न माग गर्दछु ।

(लेखक किशोर विश्वास बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष हुन् ।)

Logo