काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले हालै जारी गरेको अध्यादेशलाई सरकारले सत्ताको उन्मादमा गरेको गैर संबैधानिक कदम भन्दै आलोचना गरेका छन् । एक विज्ञप्ती जारी गर्दै कोइरालाले सोमबार सरकारले ल्याएका दुई राजनीतिक अध्यादेशबारे आलोचना गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणमा विश्व नै आक्रान्त भइरहेका बेलामा नेपाल पनि यसबाट अछुतो नभएको र यस्तो बेलामा सरकारले नागरिकको रक्षाका लागि कदम चाल्नु पर्ने तर्फ सामान्य सोचविचार पनि नगरि सिमीत स्वार्थका लागि अध्यादेश ल्याएको उनले आरोप लगाएका छन् । लकडाउन भएर नागरिक घरभित्र रहेको अवसर छोप्दै सरकारले ‘राजनीतिक दल’ र ‘संवैधानिक परिषद’ सम्बन्धी दुई अध्यादेश द्रुतगतिमा सोमबार जारी गर्नु असंबैधानिक रहेको उनको भनाई छ ।
सरकार जनमतको दुरुपयोग गर्दै सर्वसत्तावादतर्फ उन्मुख छ । यो घटनाले कतै संसदीय व्यवस्था नै समाप्त हुन लागेको त हैन भन्ने आशंका पैदा भएको छ । उनले विज्ञप्तीमा भनेका छन् । सरकारको यो निर्णय कांग्रेसलाई मान्य नहुने पनि उनले बताए ।
सरकारको यस्तो दुर्भाग्यपूर्ण निर्णयबाट सरकारले संयमता गुमाएको र संवेदनहीन बनेको पुष्टि हुन्छ, कोइरालाले भनेका छन् , अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका अध्यादेश तत्काल फिर्ता लिंदै सच्चिएर अघि बढ्न सरकारलाई अपील गर्दछु । कोइरालाले सरकारले ल्याएका २ अध्यादेश सरकारको बेमौसमी बाजाको संज्ञा दिएका छन् ।
पूरा विज्ञप्तिः






























प्रतिक्रिया