खोटाङ प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिन बन्द

खोटाङ प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिन बन्द

केन्द्रबिन्दु
0
Shares

खोटाङ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिनका लागि बन्द गरेको छ ।

छिमेकी जिल्ला उदयपुरमा १३ सङ्क्रमित भेटिएसँगै खोटाङ पनि उच्च जोखिममा रहेको ठहर गर्दै समितिको आइतबार बसेको बैठकले जिल्ला प्रवेश गर्ने नाका सात दिनलाई रोक्ने निर्णय गरेको हो ।

दैनिक उपभोग्य वस्तु भित्र्याउने तथा विभिन्न बहानामा बाहिरी जिल्लाका स्थानीय बासिन्दा जिल्ला भित्रिने क्रम बढ्दै गएकाले नाका बन्द गरिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । “नाका खुला हुँदा बाहिरी जिल्लासँगको आवतजावत जारी रहने र सङ्क्रमण फैलिन सक्ने सम्भावना बढी देखिएको छ”, उनले भने, “विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका शिलबन्दी गरिएको हो ।”रासस

Skip This
Skip This
Logo