व्यवसायी सुलभ अग्रवाल थप १० दिन थुनामा

व्यवसायी सुलभ अग्रवाल थप १० दिन थुनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

अग्रवाल गत चैत २५ गते पछिल्लो पटक विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । उनले ५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लागेको भन्दै प्रहरीले काठमाडौंको नक्सालबाट प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि सुलभलाई कालोबजारी गरेको कसुरमा अनुसन्धान गर्न प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिन अनुमति दिएको थियो । १२ दिनमा पनि उनीमाथिको अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासन कार्यालयले थप १० दिनको अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

Skip This
Skip This
Logo