काठमाडौँ ।
नेपालमा अलपत्र परेका आफ्ना दुई जना नागरिकलाई भुटानले विमान चार्टर गरेर स्वदेश लगेको छ । भुटान सरकारले राष्ट्रिय ध्वजाबाहाक वायुसेवा ड्रयक एयर मार्फत शनिबार आफ्ना दुई नागरिक फिर्ता लगेको हो ।
बिहान बजे तिर सो जहाज काठमाडौंमा अवतरण गरेको थियो । ड्रयक एयरको ब्रान्ड–न्यू एटीआर–४२–६०० जहाजले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेर स्वदेश फर्किन अपिल गर्ने पाइलट सोनाम तोब्गे र अभिनेत्री उगेन छोदेनलाई लिएर फर्केको हो ।
निर्देशक दिपेन्द्र लामाका अनुसार भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएकी छिन् । उनी नेपाली फिल्म ‘२ नम्बरी’मा अभिनय गर्न करिब ८० दिन पहिले नेपाल आएकी थिइन् ।
उनीसँगै फर्किएका अर्का पाइलट सोनाम भने काठमाडौंमा रहेको निजी वायुसेवा कम्पनी हिमालय एयरलायन्समा आबद्ध भुटानी नागरिक हुन् ।





























प्रतिक्रिया