एक महिनामा ३५ करोड रुपैयाँको स्वास्थ्य सामग्री आयात

एक महिनामा ३५ करोड रुपैयाँको स्वास्थ्य सामग्री आयात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले एक महिनाको अवधिमा कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि करिव ३५ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री आयात गरेको छ ।

कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारले रोगसँग लड्नको लागि आवश्यक स्वास्थ्य सामग्री स्यानिटाईजरदेखि भाइरस संक्रमण परिक्षण गर्ने किट, स्वास्थ्यकर्मीले लगाउने स्वास्थ्य सामग्री खरिद गरेको हो । भन्सार विभागका अनुसार चैत महिनामा एक दर्जन भेण्डीलेटरसहित ४५ लाख थान मास्क लगायत अन्य सामग्री आयात भएको छ ।

चैत एक गतेदेखि २६ गतेसम्म भन्सार विभागको रेकर्ड अनुसार कोभिड र्यापिड टेष्ट किट, फेस सेइल्ड, गगल्स, मास्क, पीसीआर टेष्ट कीट, पीपीई, स्यानिटाईजर, थर्मोमिटर, भेन्डिलेटर र भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) आयात भएका छन् ।

आयात भएका सामग्री र यसको लागत

१. पीसीआर टेष्ट कीट, ४१ हजार थान (लागत १५ करोड २६ लाख ६६ हजार ४४९ रुपैयाँ)

२. र्‍यापिड टेष्ट किट, एक लाख थान (लागत ९ करोड ४४ लाख ४४ हजार ३ सय ८४ रुपैयाँ )

३. मास्क , ४५ लाख थान (लागत ५ करोड ५९ लाख ७ हजार १८० रुपैयाँ)

४. सेनिटाईजर, ३९ हजार २२७ लिटर (लागत २ करोड ५८ लाख ९८ हजार ६३० रुपैयाँ)

५.थर्मोमिटर, ६२ हजार ३६८ थान (लागत एक करोड १३ लाख ७३ हजार ६५९ रुपैयाँ)

६.भेण्डीलेटर,१२ थान (लागत ३० लाख ५९ हजार १०७ रुपैयाँ)

७.भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम), ६ हजार एकसय थान, (लागत १७ लाख ८३ हजार २ सय ६४ रुपैयाँ छ)

८.गगल्स, ९ हजार ४ सय ६६ थान (लागत १७ लाख २६ हजार ६०२ रुपैयाँ)

९. पीपीई, एक हजार पाँच सय थान (लागत १६ लाख ९३ हजार ७२८ रुपैयाँ)

१०. फेस सेइल्ड, ३ हजार ९९ थान (लागत चार लाख ९१ हजार २ सय ६० रुपैयाँ)

यी सम्पूर्ण स्वास्थ्य सामग्री खरिदका लागि ३४ करोड ९१ लाख ७ हजार २६३ रुपैयाँ खर्च भएको विभागले जनाएको छ ।

Skip This
Skip This
Logo