कोरोना भाइरसको १ सय दिनलाई फर्केर हेर्दा

कोरोना भाइरसको १ सय दिनलाई फर्केर हेर्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सन् २०२० सुरु हुनुभन्दा एक दिन अघि सुरु भएको कोरोना भाइरस प्रकोपले १ सय दिन पूरा गरिसकेको छ । यस रहस्यमय रोगको बारेमा चीनले ३१ डिसेम्बर मा विश्व स्वास्थ्य संगठनलाई सचेत गराएको थियो । त्यसबेला चीनमा कोरोना भाइरस संक्रमितको ३४ वटा मात्र ‘केस’ देखिएका थिए । पछिल्लो १ सय दिनमा घटनाहरु ४५ हजार गुणाले बढेका छन् । अर्थात विश्वभरी १७ लाख ९२ हजारभन्दा धेरै संक्रमित भएका छन् । अरबौँ मानिसहरु घरमा कैद भएका छन् ।

यस भाइरसबाट पहिलो मृत्यु चीनमा जनवरी ९ मा भएको थियो । यो ३ महिनाभित्र विश्वभरीका सवा १ लाख मानिसले ज्यान गुमाइसकेका छन् । समग्रमा यसले विश्व अर्थव्यवस्थालाई नै खतरामा पारेको छ ।

दिन– १, केस–३४ (३१ डिसेम्बर २०१९)
चीनले एक नयाँ प्रकोपको भाइरस भेटियो भनेर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई ३१ डिसेम्बर २०१९ मा पहिलो पटक जानकारी गरायो । नोभेम्बर र डिसेम्बरमा वुहानमा निमोनियाका धेरै घटनाहरु भए पनि ३१ डिसेम्बरको दिन विश्वको ध्यान रहस्यमय रोगमा पुगेको थियो ।

दिन – १०, केस –६३ (९ जनवरी २०२०)
भाइरसको कारण चीनमा पहिलो मृत्यु जनवरी ९ मा भयो । तर दुई दिन पछि मात्र चीनले यसको घोषणा ग¥यो ।

दिन–२०, केस ६५४ (२ जनवरी २०२०)
चीनको हुबेई प्रान्तको राजधानी वुहान बन्द भयो । डब्लूएचओले यस भाइरसको मानव प्रसारणमा मानव प्रमाणहरु देख्यो ।

दिन– ३२, केस–९२७ (३१ जनवरी २०२०)
यो भाइरस चीनबाट उत्पन्न भएको हो । र, बेलायत पनि पुग्यो । भाइरस संक्रमित पहिलो केस ३१ जनवरीमा बेलायतमा भेटियो ।

दिन–४३, केस–मृत्यु –४४, संक्रमित – ८०२ (११ फेब्रुअरी २०२०)
यस नयाँ प्रकोप कोरोना भाइरसको नाम कोभिड–१९ राखियो ।

दिन– ४६, केस–६ मृत्यु, संक्रमित ६,८८५ (१४ फेब्रुअरी २०२०)
पहिलो घटना अफ्रिका महादेशमा फेला परेको थियो साथै फ्रान्समा भाइरसले रेकर्ड गरेको पहिलो मृत्यु भएको थियो ।

दिन–५५, केस–७८ मृत्यु, संक्रमित ९५८ (२३ फेब्रुअरी २०२०)
इटालीमा यस भाइरसबाट तीन जनाको मृत्यु भयो । यसको साथ सार्वजनिक कार्यक्रमहरु त्यहाँ रद्द हुन सुरु भयो ।

दिन–७२, केस–संक्रमित –१,२५,८७५ (११ मार्च २०२०)
विश्व स्वास्थ्य संगठनले यस रोगलाई महामारीको रुपमा घोषणा ग¥यो ।

दिन–७६, केस– संक्रमित १,६७,४५४ (१५ मार्च २०२०)
स्पेनमा पहिलो पटक त्यहाँ एक दिनमा १ सय जना मरे । १५ मार्चसम्म एक दिनमा यो भाइरसको कारण मर्ने सबैभन्दा बढी संख्या थियो त्यो ।

दिन–८६, केस– संक्रमित ४,६७,६५३ (२५ मार्च २०२०)
कुल तालाबन्दी भारतमा घोषित गरियो र १ सय ३० करोड जनसंख्यालाई घर–घरमा सीमित गरियो । यस दिन अमेरिकी कंग्रेसले २ खर्बको आपतकालिन बजेट पारित ग¥यो ।

दिन–८८, केस– संक्रमित ५,९३,२९१ (२७ मार्च २०२०)
बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरस संक्रमित भएको पुष्टि भयो । विश्वमा फैलिरहेको कोरोना आतंक झनै बढ्यो ।

दिन–९४, केस संक्रमित –१०,१३,३२० (२ अप्रिल २०२०)
विश्वव्यापी रुपमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या १० लाख भन्दा बढी पुग्यो । यससँगै मर्नेहरुको संख्या बढेर ७५ हजार भयो ।

दिन–१००, केस– संक्रमित १५,११,१०४ (८ अप्रिल २०२०)
विश्वव्यापी भाइरसबाट ८९ हजार भन्दा बढी मानिसले ज्यान गुमाई सकेका थिए ।

प्रस्तुति- सृजना राई

(एजेन्सीको सहयोगमा)

Logo