अर्घाखाँची सिमेन्टद्वारा प्रदेश नं. ५ सरकारलाई ५१ लाख सहयोग

अर्घाखाँची सिमेन्टद्वारा प्रदेश नं. ५ सरकारलाई ५१ लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

निजी क्षेत्रको अग्रणी सिमेन्ट उद्योग अर्घाखाँची सिमेन्टले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा रु ५१ लाख सहयोग गरेको छ ।

कम्पनीका सञ्चालक राजेश अग्रवालले प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई रु ५१ लाखको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । प्रदेश ५ का नागरिकको स्वास्थ्य रक्षाका लागि कोरोना भाइरसको नियन्त्रण तथा सङ्क्रमित व्यक्तिहरुको उपचारका लागि प्रदेश सरकारले कोष स्थापना गरेको छ ।

सरकारद्वारा नागरिकको जीवन रक्षाका लागि थालिएको अभियानमा उद्योगले दायित्वबोध गरी सहयोग प्रदान गरेको हो कम्पनीका महाप्रबन्धक उद्वव कार्कीले जानकारी दिए। सिमेन्ट कारखाना रहेको रुपन्देहीको सियारी गाउँपालिकालाई पनि उद्योगले रु दुई लाख सहयोग गरेको छ । यस्तै चुनढुङ्गा खानी रहेको पाल्पाको तिनाउँ गाउँपालिका र मचागढी गाउँपालिका लागि पनि रु २० लाख बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।रासस

Logo