उल्टो पत्रकारिता भइरहेको संचारमन्त्री गुरुङको गुनासो

उल्टो पत्रकारिता भइरहेको संचारमन्त्री गुरुङको गुनासो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधिसँगको भेटमा मन्त्री गुरुङले अहिले भइरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गरे । मन्त्री गुरुङले समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भए पनि अहिले ठिक उल्टो पत्रकारिता भइरहेको बताए । अहिले पत्रकार देख्ने बित्तिकै डराउनु पर्ने अवस्था रहेको टिप्पणी गरे । सरकारले राम्रो काम गरेपनि विरोध नै गर्नु पर्ने भन्दै पत्रकारिता पेशाको सम्मानको लागि सच्चिनु पर्ने आवश्कता रहेको बताए ।

राम्रो कामको प्रतिपक्ष दलले पनि प्रसंशा गर्ने गरेको भए पनि संचार जगत किन पूर्वाग्रही भएको भन्दै आश्चर्य ब्यक्त गरे । मन्त्री गुरुङसँगको भेटमा काठमाडौँ शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

Skip This
Skip This
Logo