संकटका बेलामा पनि विशेष सतर्कता अपनाउँदै एनआईसी एसिया बैंक

संकटका बेलामा पनि विशेष सतर्कता अपनाउँदै एनआईसी एसिया बैंक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अहिले देश आर्थिक संकटमा मात्र होइन विश्वव्यापी स्वास्थ्य संकटमा छ । यस्तो बेलामा बैंकहरुले आफ्ना सेवाहरुलाई कसरी प्रवाह गर्न सकिन्छ भन्दै विभिन्न योजनाहरु अघि सारेका छन् । यस्तै मध्ये एक हो एनआइसी एसिया बैंक । यस बैंकले हरेक दिन आफ्ना ग्राहकको हितका लागि काम गरिरहेको छ ।

कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिए अनुसार एनआईसी एसिया बैंकले कोरोना भाइरस संक्रमण न्यूनीकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको छ ।

विश्वमा पहिलोपटक कोरोना भाइरस संक्रमणको जोखिम भेटिएदेखि नै नेपालमा हुन सक्ने जोखिमको परिकल्पना गर्दै विशेष सावधानीका साथ बैंकले ग्राहक महानुभावहरूलाई आफ्ना सेवा तथा सुविधा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

ग्राहक तथा कर्मचारीवर्गको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटाभन्दा बढी शाखा कार्यालय, कुल ४ सय ६१ वटा एटीएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहक महानुभावहरूको विभिन्न बैंकिङ आवश्यकताहरू पूरा गरिरहेको पनि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।

Logo