भोलि बिहान ८ बजे सबैले घरघरमा राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह

भोलि बिहान ८ बजे सबैले घरघरमा राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नयाँ वर्ष २०७७ सालको पहिलो दिन भोलि बिहान ८ बजे सबैले राष्ट्रिय गान गाउन प्रधानमन्त्री केपि शर्मा ओलीले ट्वीट गर्दै आग्रह गरेका छन् ।

ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध आफूलाई मन परेको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई आआफ्नो घरको झ्याल, ढोका वा कौसीबाट सोमबार बिहान आठ बजे राष्ट्रिय गान गाउन अनुरोध गरेका हुन् ।

ग्लोबल कम्प्याक्टले अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, अति आवश्यक काममा खटिएका कर्मचारी, लगायतको सम्मानमा राष्ट्रिय गान गाउन र गुन्जाउन अनुरोध गरेको छ ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस कार्यक्रममा सबै नेपालीलाई सामेल हुन आग्रह गरेका छन् । राष्ट्रिय गान सकिएपछि सबैले करताल ध्वनीले ऐक्यबद्धता स्वरूप ताली बजाएर सम्मान गर्न समेत आग्रह गरेका छन् ।

Logo