केएमसीले शुरू गर्‍यो अनलाइन क्लास

केएमसीले शुरू गर्‍यो अनलाइन क्लास

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस (कोभिड १९) को महामारीसँगै शैक्षिक क्षेत्र पनि ठप्प छ । एसईइसहितका सबै परीक्षाहरू स्थगित भएका छन् । विद्यालय तहको नयाँ शैक्षिक सत्र कहिले शुरू हुने हो अन्यौल बनेको छ । स्नातक तहका कक्षाहरू संचालन हुन नसक्दा विद्यार्थीहरूको भविष्यमाथि नै प्रश्नचिन्ह उठेको छ।

यही कुरालाई मध्यनजर गर्दै काठमाडौंको बागबजारस्थित केएमसी कलेज ले गत सातादेखि अनलाइन कक्षा सञ्चालन शुरू गरेको छ । अनलाइन कक्षामार्फत पन्ध्र सयभन्दा बढी विद्यार्थीले नियमित अध्ययन गर्न पाएको कलेजका प्राचार्य डा. नगेन्द्र अर्यालले बताए ।

प्लस टु तर्फको नियमित कक्षा विद्यालयको शैक्षिक क्यालेन्डर अनुसार नै सकिएको भए पनि विद्यार्थीलाई नजानेको बिषय र पाठलाई दोहोर्‍याएर पढाईदिदा उनीहरुलाई सजिलो हुने भएकाले अनलाइन कक्षाहरु सन्चालन गरिएको हो ।

“हामीले विद्यार्थीहरूको भविष्य र अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन क्लास शुरू गरेका छौं। यसले गर्दा लकडाउनमा पनि विज्ञान तर्फ फिजिक्स, केमेष्ट्री, बाइलोजी, गणित का कक्षाहरु भैरहेका छन भने म्यानेज्मेन्टतर्फ अकाउन्ट, इकोनोमिक्स र गणित जस्ता बिषयहरु विद्यार्थीहरूले नियमितरूपमा पढ्न पाएका छन ।” उनले भने ।

नेपालको शैक्षिक क्षेत्रमा विगत २० वर्षदेखि अनवरण गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको केएमसीले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ । “आम अविभावक र विद्यार्थीको विश्वास जित्न सक्नुले केएमसी आफैंमा एउटा ब्राण्ड बन्न सफल भएको हो ।” डा. अर्याल ले भने ।

 

यहाँ अध्ययन गरेका विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय छात्रवृत्तिहरू जित्नुका साथै नेपालभित्र विभिन्न शैक्षिक संस्थाले लिने इन्ट्रान्स परीक्षामा पनि अग्रपंक्तिमा नाम निकालन सफल भएका छन् ।

सुविधायुक्त कक्षाकोठा र हरेक कक्षा कोठामा प्रोजेक्टर जडान गरेको यस कलेजमा आधुनिक कम्प्युटर ल्याब, पुस्तकालय, क्यान्टिन लगायतका सुविधाहरु छन् । यस कलेजले आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार, विकट क्षेत्रका विद्यार्थीलाई उल्लेख्य रुपमा छात्रवृत्तिको समेत व्यवस्था गरेको छ ।

केएमसीे कलेज गुणस्तरिय शिक्षाको लागि देशभरकै सर्वोकृष्ट कलेजमा गनिन्छन् । कलेजले विद्यार्थीहरूको व्यक्तित्व विकासमा पनि लगानी गरिरहेको छ ।

Skip This
Skip This
Logo