क्रिकेटर सचिन तेन्दुलकरले ५ हजार परिवारलाई एक महिनाको रासन उपलब्ध गराउने भएका छन् । सचिनले गैरसरकारी संस्था अप्नालयसँग मिलेर ५ हजार परिवारलाई सहयोग गर्ने भएका हुन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण मारमा परेका ५ हजार परिवारलाई सचिलले एक महिनाको रासन उपलब्ध गराउने छन् । उनले दैनिक ज्यालादारी गर्दै जिविकोपार्जन गर्ने परिवारलाई सहयोग गर्ने जनाएका छन् ।
अप्नालयको आधिकारिक ट्वीटमा सचिनको सहयोगलाई धन्यवाद दिदै भनिएको छ्, ’लकडाउनको समयमा असर परेको परिवारलाई सहयोग गरेकोमा सचिनलाई धन्यवाद । उनले ५ हजार परिवारलाई एक महिनाको रासन सहयोग गर्नेछन् ।’
त्यस्तै सचिनले सो ट्वीटलाई उदृत गर्दै राम्रो कामको लागि शुभकामना समेत दिएका छन् । कोरोनाको कारण भारतमा २१ दिनको लकडाउन जारी रहेको छ ।































प्रतिक्रिया