रुपन्देहीको कञ्चन गाउपालिकाले कोरोना भाइरसको सम्भाबित संक्रमण रोकथामका लागि किटनाशक औषधि ‘ब्लिचिङ पाउडर’ छर्केको छ ।
गाउपालिकाको आफ्नो पाँच वटै वडाका बिभिन्न टोलहरूमा किटनाशक औषधिको रूपमा ब्लिचिङ पाउडर छर्किएको हो । कोरोना भाइरसको उच्च जोखिम भएकाले संक्रमणलाई रोकथाम गर्न गाउपालिकाले किटनासक औषधी छर्किन शुरू गरेको गाउँ कार्यपालिका सदस्य गोपाल बिश्वकर्माले बताए ।
प्रदेश सभा सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ (क) का सांसद भुमिश्वर ढकालले २५ किलो ब्लिचिङ पाउडर उपलब्ध गराएको पनि उनले जानकारी दिए । त्यस्तै लायन्स क्लव अफ कञ्चन र लालीगुरांस युवा क्लवले १/१ क्वीन्टल ब्लिचिङ पाउडर उपलब्ध गराएका छन ।
































प्रतिक्रिया