वीर र टेकु अस्पतालमा पनि कोरोनाको परीक्षण हुने

वीर र टेकु अस्पतालमा पनि कोरोनाको परीक्षण हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा थप दुई ठाउँमा कोरोनाको परीक्षण गर्ने भएको छ ।

शनिबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीर अस्पताल र टेकु अस्पतालमा पनि कोरोनाको परीक्षण गरिने बताए । हालसम्म देशभरी ४ हजार ४ सय २६ कोरोनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभरमा ८ सय ९७ जनाको नमुना परीक्षण भएको छ।

शनिबारसम्म मुलुकभर ८२ जना आइसोलेसनमा र ८ हजार ८२ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

हाल उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुँदैछ भने सातैवटै प्रादेशिक अस्पतालमा परीक्षण भइरहेको छ ।कान्तिपुरबाट

Logo