होम क्वारेन्टाइनमा शान्ता चौधरीको लजालु नृत्य (भिडियो सहित)

होम क्वारेन्टाइनमा शान्ता चौधरीको लजालु नृत्य (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले नृत्य गरेको भिडियो सार्वजनिक भएको छ ।

लकडाउन घोषणा भएसँगै होम क्वारेन्टाइनमा बसेकी उनले गैर आवासीय नेपाली संघ (एनआरएनए) की पूर्व आइसिसि सदस्य सुष्मा राईसँगै नृत्य गरेकी हुन् । उनीहरूले ‘धरानको बजारमा माया बस्यो एकै नजरमा’ बोलको गीतमा नृत्य गरेकी छन् ।

पूर्वकमलरी चौधरी पहिलो संविधानसभाको समयमा संसदको प्राकृतिक स्रोत साधन समितिको सभापति थिइन् । १८ वर्ष कमलरी बसेकी शान्ताले सांसद भएपछि औपचारिक अध्ययन शुरू गरेकी थिइन् । उनी अहिले मध्यबानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा पढ्दै छिन्।

उनको आत्मकथा ‘कम्लहरीदेखि सभासद्सम्म’ प्रकाशित छन् ।

 

 

 

Logo