काठमाडौं ।
स्थानीय वायुको प्रभावले आज साँझदेखि देशका धेरैजसो स्थानमा मेघ गर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभावसँगै प्रि-मनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार यस प्रणालीको प्रभावले आज उपत्यकासहित देशको धेरै स्थानमा मेघ गर्जन, हावाहुरी, चट्याङसहित वर्षाको भइरहेको छ ।
उक्त मौसमी प्रणालीको असर आज रातिसम्म मात्र कायम रहने जनाइएको छ । प्रि-मनसुनको गतिविधि भएकाले यसको प्रभाव लामो समय नरहने मौसमविद्हरु बताउँछन् ।रासस































प्रतिक्रिया