यस्ता छन् नयाँ गभर्नरका आगामी योजना र चुनौती

यस्ता छन् नयाँ गभर्नरका आगामी योजना र चुनौती

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी भर्खर मात्र राष्ट्र बैंक प्रवेश गरेका छन् ।

उनी राष्ट्र बैंक छिर्ने पूर्वसन्ध्यामा कोरोनाको महामारीले मुलुकको अर्थतन्त्रका साथै वित्तीय क्षेत्रलाई पनि निकै प्रभावित बनाएको छ । गभर्नर अधिकारीले राष्ट्र बैंकमा पद ग्रहण गर्दै अर्थतन्त्रमा परेको समस्या समाधान गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताएका थिए । सोही काम नै उनको पहिलो र सबैभन्दा महत्वपूर्ण योजना रहेको बताएका छन् ।

गभर्नर अधिकारीले कोरोनाका कारण अस्तव्यस्त भएको अर्थतन्त्रलाई राहत हुने गरी प्याकेज ल्याउने विषयमा आफू केन्द्रीत रहने बताएका छन् । हुन त राष्ट्र बैंकले यसअघि नै कोरोना भाइरसका कारण क्षति पूगेको अर्थतन्त्रलाई राहतको प्याकेज ल्याइसकेको छ । सो अल्पकालिन प्याकेज भएकाले दीर्घकालिन राहत प्याकेज घोषणा गर्ने तयारी गभर्नर अधिकारीले गर्दैछन् ।

अधिकारीलाई सबैभन्दा ठूलो चनौती भनेकै कोरोनाले क्षति पु¥याएको अर्थतन्त्रलाई माथि उकास्नु हो । त्यसको असरलाई कसरी न्युनिकरण गर्ने र कसरी वित्तीय क्षेत्रलाई सन्तुलन कायम गर्ने भन्ने नै हो । यो अवस्था भूकम्पको जस्तो अवस्था होइन । त्यतिबेला नेपाललाई मात्रै समस्या परेको थियो । अरु देशहरुले नेपाललाई सहयोग गरेका थिए । तर अहिले विश्व नै कोरोनाका कारण पीडित छ । त्यसकारण सहयोग पाउने सम्भावना पनि कमै छ ।

कोरोनाले नेपालको आन्तरिक (उत्पादन र उपभोग) बजार, बाह्य (रेमिट्यान्स, श्रम) बजार र सरकारको राजश्व र खर्च गर्ने क्षमतामै असर पारेको छ । यसले गर्दा मुलुकको भुक्तानी सन्तुलनमा प्रभाव पार्छ । भुुक्तानी सन्तुलन कायम गर्नु पर्ने अर्काे चुनौती पनि उनका सामू छ ।

कोरोनाका कारण करमा पनि कटौती हुने देखिन्छ । प्रत्यक्ष र अप्रत्यक्ष दुबै कर घट्छ । यस्तो बेलामा सरकारले आन्तरिक स्रोत जुटाउनै पर्छ । किनकी बाहिरी सहायता आउने सम्भावना निकै कम छ ।

यता ७ प्रदेशको खर्च सीमा निर्धारण गरिएको छ, त्यो खर्च असाधारण हिसाबले बढेको अवस्था छ । त्यो खर्चका लागि सरकारले प्रशस्त मात्रामा राजश्व उठाउन नसक्ने हुन सक्छ । यस्तो अवस्थामा सरकारले कर बढाउन मिल्दैन । त्यसैले सरकारले आन्तरिक ऋण उठाउनु पर्छ । ऋण उठाउँदा कर्जा र निक्षेपको ब्याज बढ्न जान्छ । बजारमा तरलताको समस्या हुन थाल्छ । त्यसैले मुलुकको समग्र वित्तीय सन्तुलन कायम राख्नु गभर्नरका मूख्य चुनौती हुन् ।

Logo