बुटवल ।
बुटवलको कोरोना विशेष अस्थाइ अस्पतालमा मृत्यु भएका बाबुराम थापा क्षत्रीको शव ११ दिनपछि परिवारले बुझेका छन् । चौतर्फी दवावपछि पाल्पाली समाज, संविधानसभा सदस्य तथा मानव अधिकारकर्मीको पहलमा सामाजिक विकास मन्त्रालयमा बुधबार भएको सर्वपक्षिय वार्ताले पाँच बुँदे सहमती गरेर शव उठाउने बातावरण बनाएको हो। थापाको आज अन्तिम दाह संस्कार गर्ने तयारी भइरहेको मृत्तकका दाजु बिमल थापा क्षत्रीले बताए।
कोरोना महामारीको संकटसँग जुझ्नु परेका बेला बार्ताकै माध्यमबाट पीडितका मागको सम्बोधन र उचित राहतको व्यवस्थासहित सहमतीको बाटो निकालिएको मन्त्रालयले जनाएको छ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालको अध्यक्षतामा बसेको पीडित पक्ष र अधिकारकर्मीसहितको भेलाले पाँच बुँदे सहमती गरेको छ। मृतकका परिवारलाई राहत स्वरुप ८ लाख बढीको आधारभुत राहत कोष निर्माण गरी आर्थिक सहयोग प्रदान गर्ने, दुई छोरालाई उच्च शिक्षासम्म पठनपाठनमा सहयोग गर्ने र मृतककी श्रीमती रितालाई सैनामैना नगरपालिका भित्रै योग्यता अनुरुपको रोजगारी दिने लिखित सहमती भएको संविधान सभाका सदस्य बिनोद पहाडीले बताए ।
राहत कोषमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र पाल्पाको रिब्दीकोट गाँउपालिकाले ५ लाख राहत प्रदान गर्ने सहमती भएको पहाडीले बताए । उनका अनुसार पाल्पाली समाजको तर्फबाट ५० हजार, थापा परिवारको तर्फबाट १ लाख र रिताका माइती पक्ष टण्डन परिवारका तर्फबाट डेढ लाख रुपैँया राहत कोषमा जम्मा गरी परिवारलाई उपलब्ध गराउने सहमती भएको छ।नागरिकबाट





























प्रतिक्रिया