काठमाडौं ।
आगामी आइतबारदेखि उपभोक्ताले भरि सिलिण्डर ग्यास पाउने भएका छन् । नेपाल आयल निगमले कोरोना भाइरस संक्रमणको सन्त्राससँगै बजारमा खाना पकाउने ग्यासको उच्च माग भए पछि गत चैत १२ गतेदेखि आधा सिलिण्डर मात्रै वितरण गर्ने निर्णय गरेको थियो ।
तर, अहिले बजारमा ग्यासको माग घटेको तथा ग्यास पर्याप्त मात्रामा आयात भइरहेकाले निगमले आइतबारदेखि भरि ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
उनले बजारमा ग्यासको माग कम हुदै जाँदा ग्यास बुलेटमा नै राख्नु पर्ने भएपछि भरि सिलिण्डर ग्यास बेच्न अनुमतिको माग गरिकोमा निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरि सिलिण्डर ग्यास भर्न निर्देशन दिएको बताए । गत चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री भएको थियो ।






























प्रतिक्रिया