कोरोना विश्वभर : १४ लाख ३१ हजार ७०६ संक्रमित, ३ लाख २ हजार १५० निको भए

कोरोना विश्वभर : १४ लाख ३१ हजार ७०६ संक्रमित, ३ लाख २ हजार १५० निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विश्व महामारी कोरोना भाइरसको संक्रमण हुनेको संख्या यो समाचार तयार पार्दा सम्म १४ लाख ३१ हजार ७०६ पुगेको छ । यसबाट मृत्यु हुनेको संख्या ८२ हजार ११९ पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन्।

गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना पीडित मध्ये ३ लाख २ हजार १५० निको भएका छन्।

अमेरिकामा थप २९ हजार ४१२ संक्रमित भेटिएका छन्। त्यस्तै १ हजार ९४२ को एकै दिन ज्यान गएको छ। अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८४४ पुगेको छ। यहाँ अहिले सम्म संक्रमितको संख्या ३ लाख ९८ हजार ८०९ रहेको छ ।

इटाली र स्पेनमा भने नयाँ संक्रमण र मृत्युदर केहि घटेको छ। स्पेनमा थप ५ हजार २६७ नयाँ संक्रमित भेटिँदा इटालीमा ३ हजार ३९ मात्र भेटिएका छन्। स्पेनमा एकदिनमा ७०४ जनाले ज्यान गुमाएका छन् । यस्तै इटालीमा ६०४ को मृत्यु भएको छ। अहिले सम्म इटालीमा ज्यान गुमाउनेका संख्या १७ हजार १२७ पुगेको छ । स्पेनमा यो संख्या १४ हजार ४५ पुगेको छ। स्पेनमा हालसम्म १ लाख ४१ हजार ९४२ जना र इटालीमा १ लाख ३५ हजार ५८६ संक्रमित भएका छन् ।

चीनमा ६२ जना नयाँ संक्रमित पुष्टि भएको छ। तीमध्ये ५९ जना अन्य देशबाट आएकामा संक्रमण देखिएको हो। चीनमा अहिले सम्म संक्रमित संख्या ८२ हजार ७५८ पुगेको छ।

यसैगरि फ्रान्समा १ लाख १० हजार ७० जना संक्रमित हुँदा १० हजार ३२८ जनाको मृत्यु भएको छ भने यहाँ १९ हजार ५२३ जना निको भएका छन् ।

जर्मनीमा १ लाख ७ हजार ६६३ जना संक्रमित, निको हुनेको संख्या ३६ हजार ८१ र २ हजार १६ जनाको मृत्यु भएको छ । इरानमा ६२ हजार ५८९ जना संक्रमित छन् । यहाँ ३ हजार ८७२ जनाको मृत्यु र २७ हजार ३९ जना निको भएका छन् ।

Logo