काठमाडौं ।
सनराइज बैंकले भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ वितरण गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा त्यसको जोखिम बढेको हुँदा यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भूमिका सराहनीय रहेको छ ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पिपिइ दिइएको हो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्पतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिइ र ५०० थान माक्स हस्तान्तरण गरे । साथै तिलगंगा आँखा अस्पतालमा पनि ५ थान पिपिइ बैंकका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गरे ।
हालसम्म सनराइज बैंकले सातै प्रदेशमा रहेका विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पिपिइ उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनाएको छ ।































प्रतिक्रिया