बुटवल ।
एन आई सी एसिया बैंक रुद्रपुर शाखाले कञ्चन र गैडहवाका विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिन सक्ने उच्च जोखिम रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेको समयमा बैंकले विपन्न परिवारलाई राहत वितरण गरेको हो ।
लकडाउनको समयमा ग्राहकहरुको घर घरमा गई बैंकले राहत उपलब्ध गराएपछि स्थानीयवासीले बैंक पनि साथी पनि भएको महसुस गरेको प्रतिकृया दिएका छन् । बैंकले आफ्नो कार्यक्षेत्र अन्र्तगतको गैडहवा र कञ्चन गाउपालिकाका विपन्न परिवारलाई १ लाख ५० हजार बराबरको खाद्यसामाग्री वितरण गरेको थियो ।
गैडहवा गाउपालिकाका अध्यक्ष बच्छु केवटले विषम परिस्थितीमा राहत उपलब्ध गराएकोमा बैंकलाई धन्यवाद दिए । गैडहवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिञ्जीवी घिमिरेले विपदको समयमा राहत उपलब्ध गराएर बैंकले समाजिक उत्तरदायित्व बहन गरेको बताए । कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले कञ्चनवासीको नजिकको साथी बनेर बैंकले विपन्न परिवारलाई प्रदान गरेको सहयोगले ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तैगरी एन.आई.सी.एशिया बैंकका प्रदेश ५ का प्रमुख तिलक सुन्दर कार्कीले बैंकले व्यावसायिक नाफालाई भन्दा सेवमुखी व्यावसायलाई जोड दिएको बताए । राहत वितरण कार्यक्रममा गैडहवाका उपाध्यक्ष, कार्यपालिका सदस्य, वडा अध्यक्ष, स्थानिय अगुवाहरुको सहभागिता रहेको थियो ।































प्रतिक्रिया