काठमाडौं ।
अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जू मा एउटा बघिनीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ।
चार वर्ष उमेर पुगेकी उक्त बघिनीबाट सङ्कलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटेरिनरी प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका अनुसार उक्त बघिनीसहित उसकी बहिनी, अन्य दुई आमुर बाघ र तीन अफ्रिकी सिंह सुक्खा खोकीबाट पीडित छन् । तर उनीहरूलाई निको हुने अपेक्षा गरिएको छ।
चिडियाखानाका एक कर्मचारीले तिनीहरुलाई कोरोना सारेको अनुमान गरिएको छ। पर्याप्त सावधानी लिँदै परीक्षण गर्दा नाडिया नाम दिइएकी उक्त बघिनीमा कोरोना भेटिएको ब्रोङ्स जूले उल्लेख गरेको छ।बीबीसी































प्रतिक्रिया