कोरोनासँग लड्न शाहरुख दम्पतीले गरे ‘ठूलो सहयोग’

कोरोनासँग लड्न शाहरुख दम्पतीले गरे ‘ठूलो सहयोग’

केन्द्रबिन्दु
0
Shares

 

कोरोना संक्रमणसँग लड्न वलिउड स्टारहरु दिल खोलेर भारतीय सरकारलाई सहयोग गरिरहेका छन् । जसमा सबैभन्दा धेरै अक्षय कुमारले २५ करोड भारु सहयोग गरेका थिए भने अर्का स्टार अभिनेता सलमान खानले २५ हजार फिल्मी मजदुरहरुलाई राहतको व्यवस्था गर्ने जिम्मा लिएका थिए ।

तर यी दुइ अभिनेताले आफ्नो तर्फबाट सहयोगको घोषणा गर्ने बित्तिकै वलिउडका किङ् मानिने शाहरुख खानको चर्को आलोचना हुन थालेको थियो । देश कोरोनाको महामारीसँग लडिरहँदा पनि सहयोग नगरेको भनि सामाजिक संजालमा उनीसँग रुष्ठ हुनेको ठूलो जमात थियो ।

तर ती सबै आलोचकहरुको मुखमा पट्टि लगाउँदै शाहरुखले अविश्वासनिय रुपमा सहयोग गरेका छन् । शाहरुखले सामाजिक संजालमार्फत एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणसँग जुध्न आफु र आफ्नो श्रीमती गौरीको तर्फबाट एकैपटक विभिन्न ७ शिर्षकमा सहयोग गर्ने घोषणा गरेका छन् ।

विज्ञप्तीको अनुसार शाहरुख र उनकी श्रीमतीको स्वामित्वमा रहेको क्रिकेट टिम कोलकत्ता नाईट राइडर्स र द आईपिएल फ्रेन्चाईजले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नेछ भने रेड चिल्लिज इन्टरटेन्मेन्टले महाराष्ट्र मुख्यमन्त्री राहत कोषमा सहयोग गर्नेछ । त्यस्तै केकेआर, मिर फ़ाउण्डेशनद्वारा ५० हजार पीपीई किट पनि सहयोग गरिनेछ ।

यससँगै उनीहरुले अरु थुप्रै संस्थाहरु मिलेर १ महिनासम्म मुम्बईका ५ हजार ५ सय जनालाई राहत र अस्पतालका २ हजार बिरामी सहित कुरुवालाई खाना, दैनिक ज्यालादारीमा काम गर्ने मुम्बईका १० हजार मजदुरहरुलाई दैनिक १ महिनासम्म खाना, १ महिनासम्म दिल्लीका दैनिक ज्यालादारीमा काम गर्ने २ हजार ५ सय मजदुरहरुलाई राहत र उत्तर प्रदेश, दिल्ली, बिहार, वेस्ट बङ्गाल र उत्तराखण्डका १०० एसिड पिडितहरुलाई राहत लगायतको व्यवस्था गर्ने बुझिएको छ ।

Logo