काठमाडौं ।
कालिमाटीमा तरकारी किनमेल गर्न आउने सर्वसाधारणको भिड लाग्न थालेपछि कोरोना भाइरसको संक्रमण बढ्न नदिन भन्दै आजदेखि कालिमाटी तरकारी बजारमा खुद्रा बजार बन्द गरिने भएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार निकालेको सूचना अनुसार लकडाउन भरी बजार बन्द हुने जनाएको छ।
समितिको शुक्रबारको निर्णयले थोक बिक्रीका लागि ल्याइएको वोरा, क्रेट, प्याकेजलाई नखोली जस्ताको त्यस्तै मात्र बिक्री वितरण गर्ने तथा नेपाल बाहिरबाट आउने फलफूल तथा तरकारीजन्य कृषि उपजको बजार प्रवेशमा रोक लगाउने निर्णयलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न निर्देशन दिइएको छ ।
साथै बजार भित्र चारपांग्रे ढुवानीलाई मात्र प्रवेश दिइने भएको छ । तरकारी बजारको पछाडि तर्फ रहेको टंकेश्वर तर्फको गेट पूर्ण रुपमा वन्द गरिने भएको छ । निर्णय उल्लंघन गर्नेलाई प्रचलित कानुन अनुसार कारवाही हुने समितिले जनाएको छ ।यस्तै,बजारमा पैदल यात्री एवम फुटकर उपभोक्तालाई प्रवेशमा रोक लगाइएको छ ।
































प्रतिक्रिया