दिल्ली सरकारद्वारा ३२८ राहत केन्द्र स्थापना

दिल्ली सरकारद्वारा ३२८ राहत केन्द्र स्थापना

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।
भारतको राजधानी नयाँ दिल्लीमा ३ सय २८ वटा राहत केन्द्र स्थापना गरिएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले ५७ हजार मानिसलाई पुग्नेगरी राहत केन्द्र स्थापना गरिएको शुक्रबार जनाएका छन् ।

विद्युतीय माध्यममार्फत गरिएको पत्रकार सम्मेलनमा उनले भने–‘दिल्ली सरकारले ५७ हजार मानिसलाई पुग्नेगरी ३ सय २८ वटा राहत केन्द्र तयार पारेको छ ।’ उनका अनुसार लकडाउनका कारण अप्ठ्यारेमा परेकाको लागि ति राहत केन्द्रहरु स्थापना गरिएको हो ।उनले भने–‘राहत केन्द्रमा जो सुकै पनि आएर बस्न सक्छन्, उनीहरूलाई हामीले हेरचाह गर्नेछौँ ।’

नयाँ दिल्ली राज्यमा शुक्रबारसम्म ३ सय ८४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिँदै उनले तिमध्ये ९१ जना पछिल्लो २४ घण्टामा थपिएको बताए । उनका अनुसार नयाँ दिल्लीमा कोरोना भाइरसका कारण पाँच जनाको ज्यान गइसकेको छ । देशभरी शुक्रबारसम्म दुई हजार ३ सय भन्दा बढी सङ्क्रमित भएकोमा १ सय ५६ जना निको भएर घर फर्केका छन् । देशभरी कोरोना कारण निधन हुनेको संख्या ५६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।–रासस/एएनआई

Logo