ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण

ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन ।
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोना भाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिएका छन् । उनले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तीव्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए ।

फिजिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि उल्लेख गरेका छन् । कोरोना भाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताएका छन् । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो ।

संयुक्तराज्य अमेरिका अहिले कोरोना भाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् । –रासस/एएनआई

Logo