काठमाडौं ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने वरिष्ट अधिवक्ता दिनेश त्रिपाठीले स्वास्थ्य सामग्री खरिदमा गरिएको आर्थिक चलखेल भ्रष्टाचार मात्र नभएर कसुर ज्यानलाई अपराध भएको बताएका छन् ।
अधिवक्ता त्रिपाठीले केन्द्रबिन्दुसँग कुरा गर्दै यो सामान्य भ्रष्टाचार मात्र नभएर कसुर ज्यानलाई अपराध भएको बताएका हुन् । विश्व नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न लागि परेको समयमा संक्रमण परीक्षणका लागि आवश्यक सामाग्री खरिदमा गरिएको चलखेल भ्रष्टाचार मात्र नभएर कसुर ज्यानलाई अपराध भएकाले सम्झौता रद्द भएपनि मुद्धा अगाडि बढ्ने उनको भनाइ छ ।
उनले भने– ‘यो भ्रष्टाचार मात्र नभएर कसुर ज्यानलाई अपराध हो । एक पटक सामान आइसक्यो, सरकारी जहाज केही समान लिएर खाली खाली आयो । ल्याएको सामान पनि गुणस्तरहीन छ, पेश्की जम्मा भइसकेको छ । सम्झौता रद्द हुँदैमा दायित्व पूरा हुँदैन । उजुरी अगाडि बढ्छ ।’
वरिष्ठ अधिवक्ता त्रिपाठीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.महेन्द्र श्रेष्ठ र ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलका सञ्चालकहरूविरुद्ध बिहिबार अख्तियारमा इमेलमार्फत उजुरी दर्ता गराएका थिए ।
त्यस्तै बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध पनि अख्तियारमा उजुरी परेको थियो । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेश सभा सदस्य रमेश पौड्यालले उनीविरुद्ध उजुरी दर्ता गराएका थिए । बजार मूल्य भन्दा महँगो मूल्यमा स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै व्यापक विरोध भएसँगै सरकारले ओम्नी समूहसँगको सम्झौता गत बुधबार रद्द गरिसकेको छ ।





























प्रतिक्रिया