कोभिड–१९, सङ्क्रमण परीक्षण र पहिचानमा जोड दिन मोदीको आग्रह

कोभिड–१९, सङ्क्रमण परीक्षण र पहिचानमा जोड दिन मोदीको आग्रह

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लडाइ जित्न कोरोना भाइरस सङ्क्रमण परीक्षण, पहिचान, आईसोलेसन र क्वारेनटाइनमा जोड दिन आग्रह गरेका छन् । भारतका मुख्यमन्त्रीहरूसँगको भिडियो बैठकका क्रममा बिहिबार उनले अझै केही हप्ता नागरिकको सुरक्षासँग विशेष सरोकार राख्ने यी काममा लाग्न आग्रह गरेका हुन् ।

केन्द्रीय सरकारले घोषणा गरेको ‘लकडाउन’ लाई कार्यान्वयन गराउन प्रभावकारी भूमिका खेलेको भन्दै मुख्यमन्त्रीहरुलाई उनले धन्यवाद ज्ञापन समेत गरेका छन् । लकडाउनका कारण कोरोना भइरस विरुद्धको लडाइमा सफलता मिलेको पनि बैठकमा उनले बताए । प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्य अनुसार कोरोना विरुद्धको लडाईमा प्रदेशहरुले गरिरहेको कामको बारेमा उनले जानकारी लिएका थिए । उनीहरुले गरेको सामूहिक सहकार्यको बारेमा प्रधानमन्त्री मोदीले विशेष चासो राखेको वक्तव्यमा जनाइएको छ ।

भिडियो बैठकमा अन्य देशहरुले गरिरहेको प्रयास र अभ्यासको बारेमा समीक्षा र चर्चा भएको थियो । बैठकमा प्रधानमन्त्री मोदीले जति सक्दो थोरै क्षति हुनेगरी कोरोना भाइरसको माहामारी नियन्त्रण गर्ने साझा उद्देश्य रहेको बताए । उनले भने–‘अझै केही हप्ता हामीले कोरोना भाइरसबाट संक्रमित भएको शंका लागेकालाई परीक्षण गर्ने, पहिचान गर्ने ,आईसोलेसन र क्वारेनटाइनमा राख्नेतर्फ विशेष जोड दिने छौँ ।’

प्रधानमन्त्री मोदीले अत्यावश्यक स्वास्थ्य सामाग्रीको उत्पादन, वितरण र उपलब्तामा ख्याल गर्न पनि आग्रह गरेका छन्। कोरोना भाइरसबाट सङ्क्रमितलाई उपचारको प्रर्याप्त व्यवस्था भएको सूनिश्चित गर्न पनि उनले जोड दिए । बैठकमा सहभागी मुख्यमन्त्रीहरूले नेतृत्वदायी भूमिका, निरन्तर मार्गनिर्देशन र कठिन समयमा विषेश सहयोग गरेको भन्दै प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए । प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरूसँग यसअधि गत मार्च २० तारिखमा पनि भिडियो बैठक गरेका थिए ।–रासस/एएनआई

Skip This
Skip This
Logo