महालक्ष्मी विकास बैंकद्वारा खाद्यान्न सामग्री हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा खाद्यान्न सामग्री हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महालक्ष्मी विकास बैंक लिद्वारा कोरोना भाइरसका कारण गरिएको लकडाउनमा दैनिक ज्याला मजदुरी गर्ने श्रमीकका लागि महानगरिय प्रहरी कार्यालय रानीपोखरीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमीकहरुलाई राहतस्वरुप महालक्ष्मी विकास बैंकले चार लाख बराबरको खाद्यान्न सामाग्री महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको छ ।

बुधबार उक्त खाद्यान्न बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरेका थिए । बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवन यापन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

Logo