काभ्रेमा राहत वितरण गर्दै वडा कार्यालय र मजदुर संघहरु

काभ्रेमा राहत वितरण गर्दै वडा कार्यालय र मजदुर संघहरु

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनिकरणका लागि परिस्थिति अनुसार सरकारले समय लम्याएपछि समस्यामा परेका न्युन आयस्तर भएका मजदुर, किसान र अशक्तहरुलाई पनौती नगरपालिका वडा नं. ७, बनेपा नगरपालिका वडा नं. ८ र अखिल नेपाल ट्रेडयुनियन महासंघ बनेपा नगर कमिटीले राहत वितरण गरेको छ ।

न्युन आयस्तर भएका वडा बासिन्दाको अभावलाई राहत दिनका लागि बुधवार पनौती नगरपालिका वडा नं. ७ को अगुवाईमा थोरै भएपनि सहयोग पु¥याउने उद्देश्श्यले वडा कार्यालयको तर्फबाट राहत वितरण गरेको वडा अध्यक्ष रामचन्द्र नास्नानीले बताए । विशेष गरी न्युन आयस्तर भएका परिवार, एकल र असाहय ब्यक्तिहरुको पहिचान गरि राहत वितरण गरेको उनले बताए ।

वडा सदस्य पुरुषोत्तम कर्माचार्यका अनुसार वडाका १०५ जना परिवार, एकल र असाहयलाई चामल १० किलो, एक लिटर तेल, मिसाएको दाल एक किलो, नुन, चिनी र चियापत्ति लगायतका खाद्यान्न वितरण गरेको बताए ।

यसैबीच अखिल नेपाल ट्रेडयुनिय महासंघ बनेपा नगर कमिटीले दैनिक ज्यालादारी मजदुरी गरिखाने परिवारलाई केहीभए पनि राहत पु¥याउने उद्देश्यले २० परिवारलाई खाद्यान्न सहयोग गरेको छ । समितिका नगर संयोजक मिनराज केसीका अनुसार दैनिक ज्यालादारी गरेर खानेहरुको लकडाउनको कारण दैनिक गुजारा चलाउन समस्या भएपछि विभिन्न संघ/संस्थाहरुको सहयोगमा एक बोरा चामल, दाल २ केजी, नुन, तेल र सावुन २ वटाका दरले वितरण गरेको केसीले बताए ।

बन्दका कारण दैनिक ज्यालादारी गरि खाने मजदुरहरुलाई हातमुख जोर्नै समस्या भएको भन्ने कुरा सन्नमा आएपछि सामाजिक सञ्चालमार्फत आह्वान गरेपछि त्यहाँ आएको कमेन्टको आधारमा उहाँहरुको नाम, सम्पर्क नम्बर र कस्तो खालको समस्या हो, त्यसको बारेमा वरपरकाहरुसँग यथार्थ बुझेर बुधवार ईलाका प्रहरी कार्यालय बनेपाको अनुमतिमा प्रहरी प्रशासनकै रोहबरमा वितरण गरेको उनले बताए ।

यसैबीच बनेपा नगरपालिका वडा नं. ७ ले पनि बुधवार नै वडा भित्रका एक सय जना विपन्न परिवारलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको छ । वडाध्यक्ष बर्ष शाक्यको नेतृत्वमा बुधवार सो राहत वितरण गरिएको हो ।

Logo