काठमाडौँ ।
कोरोना संक्रमणका कारण कार्यालय खोल्न समस्या भएपछि जीवन बीमा कम्पनीहरुले डिजिटल कार्यालय मार्फत काम गर्न थालेका छन् ।
जीवन बीमा कम्पनीहरुले घर घरबाटै डिजिटलको माध्यमबाट काम गर्न थालेका हुन् । कोरोना संक्रमणका कारण सरकारले चैत्र ११ गते मंगलबार देखि मुलुकै भरी लकडाउन गरेको छ । लकडाउन चैत्र २५ गतेसम्म रहनेछ । जीवन बीमा अत्यावश्यक सेवा हो ।
कार्यालय खोल्दा संक्रमण बढ्न सक्ने जोखिम भएपछि लकडाउन अवधीभर डिजिटल कार्यालय संचालन गरेका हुन् । जीवन बीमा अति आवश्यक सेवा अन्तर्गत पर्ने भएकोले अनलाइनका माध्यमबाट काम गरिरहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायण पौडेलले बताए । ‘ संकमण नबढोस भनेर हामीले अनलाइनको माध्यमबाट काम गरिरहेका छौँ ।’ उनले भने । यतिबेला बैंक तथा वित्तीय संस्थाहरुले पनि डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको बेला जीवन बीमा कम्पनीहरुले पनि डिजिटल माध्यमबाट गरिएको सिइओ पौडेलले बताए । बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले सम्पर्क व्यक्ति समेत तोकेर अनलाइनमार्फत काम गरेको सिइओ पौडेलले बताए ।
समितिले जीवन बीमा अति आवश्यकीय सेवा भएको भन्दै बीमा कार्य जारी राख्न निर्देशन दिएको थियो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमा कम्पनीहरुलाई अनलाइनमार्फत काम गर्न निर्देशन दिएको बताए । घरबाटै पनि अनलाइनका माध्यमबाट काम गर्न सक्ने गरी निर्देशन दिएको कार्यकारी निर्देशक पौडेलले बताए ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण समितिले जीवन बीमा सम्बन्धी बीमाशुल्क संकलन कार्य चैत्र मसान्तसम्म स्थगित गर्न निर्देशन दिएको थियो । लकडाउनको समय नसकिँदासम्म जीवन बीमा कम्पनीहरुले यसरी नै सेवा दिइरहने समितिले जनाएको छ ।





























प्रतिक्रिया