काठमाडौं ।
एनसेलले आफ्नो शेयर स्वामित्व खरिद बिक्री वापतको पूँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ ठूला करदाता कार्यालयलाई मङगलबार तिरेको छ ।
मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले सो रकम तिरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।
एनसेलले तिर्नु पर्ने कूल २२ अर्ब ४५ करोड रुपैयाँ पूँजीगत लाभ कर निर्धारण भएको थियो । यसमध्ये यसअघि ४ अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो । योसँगै एनसेलले अहिलेसम्म करिब ३३ अर्ब रुपैयाँ सरकारलाई बुझाएको छ।
अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ । उक्त रकम लकडाउन लगत्तै तिर्न आग्रह गरिएको छ । यसअघि एनसेलले ५ किस्ता माग गरेको थियो तर ठूला करदाता कार्यालयले सो प्रस्ताव स्वीकृत गरेको थिएन ।





























प्रतिक्रिया