चेम्बरद्वारा विभिन्न जिल्लामा मास्क वितरण

चेम्बरद्वारा विभिन्न जिल्लामा मास्क वितरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल चेम्बर अफ कर्मशले कोरोना भाइरसको संकमणबाट बच्न मुलुकका विभिन्न जिल्लाहरुमा मास्क वितरण गरेकोे छ ।

धनुषा चेम्बरका उपाध्यक्ष एवं मास्क व्यवस्थापनका संयोजक सलामत राइनले जिल्ला प्रहरी कार्यालयलाई १ हजार थान तथा सशस्त्र प्रहरी बललाई १५ सय थान मास्क वितरण गरेका छन् ।

चेम्बरले स्वास्थ्य क्षेत्रका विभिन्न अस्पताल र स्वास्थ्य चौकीलाई पनि मास्क, मेडिकल किट, पन्जा हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी, बागलुङ्ग चेम्बर अफ कमर्सले कोरोना भाइरसबाट सुरक्षित हुन संचेतना सम्बन्धी कार्यक्रम संचालन गर्नुका साथै मास्क वितरण गरेको छ ।

त्यस्तै, गोरखा चेम्बर अफ कमर्सले हेल्प डेस्क संचालन गर्दै १५ सय थान मास्क वितरण गरेको छ । यसका साथै आइसोलेसनमा रहेका विरामीलाई निःशुल्क खानेपानी वितरण गरेको चेम्बरले जनाएको छ ।

Logo