टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक

टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण एक वर्ष स्थगित भएको टोकियो ओलम्पिक खेलकुदको नयाँ मिति तय भएको छ । विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुने मिति तय भएको जनाएको हो ।

जापानले तय गरेको नयाँ मितिमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी समेत सहमत भएको बताइएको छ । यस अघि टोकियो ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको थियो ।

आगामी वर्ष आयोजना हुने भएपनि प्रतियोगिताको नाम ‘टोकियो ओलम्पिक गेम्स २०२०’ नै रहने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट राखेको बैठकमा ओलम्पिक टर्च टोकियो पुगिसकेकोले नाम नफेर्ने सहमति बनेको थियो ।

Logo