मान्छे रोक्न पुल बिगार्ने वडाध्यक्ष भन्छन्- “भनेको नमानेपछि बाध्य भइयो”

मान्छे रोक्न पुल बिगार्ने वडाध्यक्ष भन्छन्- “भनेको नमानेपछि बाध्य भइयो”

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस (कोभिड १९) को रोकथाम   तथा  नियन्त्रणका लागि सरकारले चैत २५ गतेसम्म लकडाउन घोषणा  गरेको छ । यससंगै  बाहिरका मान्छेको आवतजावत रोक्न गाउँ गाउँमा बिभिन्न पहलहरू भएका छन्। प्युठान स्वर्गद्वारी नगरपालिका वडा न. ५ मा भने बाहिरका मान्छेलाई रोक्न झोलुङ्गे पुलको पाता नै  निकालिएको छ । पुलकाे पाता निकाल्दै गरेको फोटो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ। वडाध्यक्ष हिरामणि भण्डारीले भने बाहिरी जिल्लाका मानिसहरूले अटेर गरेपछि स्थानीयले पुलको पाता निकालेको बताएका छन्। प्रस्तुत छ, भण्डारीसँग गरिएको कुराकानी ।

लकडाउन सफल पार्न वडाध्यक्षले पुल भत्काए भन्ने आरोप छ नि !

त्यसो होइन।  पुल भत्काएको होइन स्थानीयले पुलको पाता निकालेका हुन् ।

पुलको पाता नै निकाल्नुपर्ने अवस्था कसरी आयो ?

राति राति मान्छेहरू गाउँ पस्न थाले । भनेको मानेनन्।  शुरूमा झोलुङ्गे पुलमा ताला लगायौँ।  ताला नै फोडेर आउन थाले त्यसैले जोखिम न्यूनीकरण गर्न पुलको पाता नै निकाल्नुपर्ने अवस्था आयो ।

यसो गर्दा त राति हिड्नेलाई धराप थापे जस्तो भयो । अरू उपाय पनि त हुन् सक्थ्यो नि । 

साथीहरूले हिजो निकालेका थिए। बिरोध भएपछि मैले आज बिहानै जोड्न लगाई सकें।  त्यस्तो केही दुर्घटना भएको छैन।

विरोध हुन्छ भन्ने पहिल्यै लागेको थिएन ?

विरोध भन्दा पनि कुनै उपाय नलागेपछि बाध्यताबश चालिएको कदम हो यो।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि के गर्दै हुनुहुन्छ ?

हामीले क्वारेन्टाइन बनाएका छौं।  नयाँ मान्छेलाई रोक्ने र बुझ्ने काम गरिरहेका छौं।  समस्यामा परेकालाई सहयोग गरिरहेका छौं।

 

 

 

Logo