‘कोरोना रोकथामका लागि सरकारले गरेका काम सकारात्मक’ : थारुहट संयुक्त संघर्ष समिती

‘कोरोना रोकथामका लागि सरकारले गरेका काम सकारात्मक’ : थारुहट संयुक्त संघर्ष समिती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
हाल विश्वमा महामारीको रुपमा देखिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरु सकारात्मक रहेको थारुहट /थारुवान संयुक्त संघर्ष समितीले जनाएको छ ।

सो समितिका अध्यक्ष धनिराम चौधरीले एक विज्ञप्ती जारी गरि सरकारले गरेका कामहरु सकारात्मक र समय सापेक्ष रहेको जनाएको हुन् । साथै सरकारले आगामी दिनमा पनि थप सर्तकता अपनाई काम गर्ने पनि समितीले विश्वास लिएको छ ।

यतिबेला देशभरि नै कोरोना रोकथामका स्वास्थ्य सामग्रीहरुको आवश्यकता रहेको औंल्याउँदै उसले सरकारले सबै ठाउँमा त्यस्ता सामानहरुको सहजता गरेर कोरोना रोकथामका लागि काम गर्न अनुरोध गरेको छ ।

विश्व नै यतिबेला चिन्तित रहेकाले नेपालमा पनि यसको जोखिम उच्च रहेको सन्दर्भमा सम्पूर्ण संघ संस्था, व्यक्ति, राजनीतिक दल लगायत सबै एकै ठाउँमा गोलबद्ध रहेर कोरोना रोकथाममा लाग्न पनि समितीले आव्हान गरेको छ ।

यसका लागि विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्डमा रहेर सबैले आआफ्नो ठाउँबाट सहयोग गरिदिन पनि थारुहट थारुवान संयुक्त संघर्ष समितीले अनुरोध गरेको छ ।

 

Skip This
Skip This
Logo