काँग्रेस नेता खड्काद्वारा कोरोना नियन्त्रण कोषलाई पाँच लाख सहयोग

काँग्रेस नेता खड्काद्वारा कोरोना नियन्त्रण कोषलाई पाँच लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका नेता एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

वि.सं. २०७० मा सङ्खुवासभा क्षेत्र नं २ बाट निर्वाचित खड्काले राष्ट्रिय विपत्तिको घडीमा सरकारलाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरेको जनाएका छन् । पूर्वमन्त्री खड्काले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण कसैले पनि खान र उपचार नपाएर मर्न नपरोस् भन्ने उद्देश्यले आफूले सरकारी कोषमा रकम सहयोग गरेको जानकारी दिए।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ ।रासस

Skip This
Skip This
Logo