केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौं । हामीले होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौं । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ। जसमा कोरोना (कोभिड-१९) को सम्भावित महामारीमाथि निगरानी गर्न काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ को विषयमा एउटा सामाग्री समेटेका छौं ।
त्यस्तै कोरोना महामारीले अर्थतन्त्रमा गिरावट आएपछि जर्मनीको हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन् । यता कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रंपले दिएको अभिव्यक्तिलाई पनि बुलेटिनमा समाबेश गरेका छौं।
त्यस्तै लकडाउन घोषणा गरिएसंगै सरकारले राहत प्याकेज घोषणा गरेको छ। राहत प्याकेजमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिक मजदुरलाई रोजगारदाताले नै पारिश्रमिक उपलब्ध गराउने, पुर्ण रुपमा बन्द भएका पर्यटनसंग सम्बन्धित प्रतिष्ठानहरुले आफ्नौ दैनिक वा महिनावारीमा कार्यरत मजदुर श्रमिकलाई २०७६ चैतको पारिश्रमिक पुर्ववत भुक्तानी दिने भनिएको छ । सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थामा कार्यरत औपचारिक श्रमिक, मजदुरहरुको सामाजिक सुरक्षा कोषमा चैत्र महिनामा जम्मा गर्नुपर्ने रकम नेपाल सरकारले जम्मा गरिदिने भएको छ ।
पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढेसँगै जापानका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ । जापानमा एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण फैलन थालेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै नेपालको अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म सारिएको छ । राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटी अब चैतमसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणिहरुले असार मसान्तसम्म ऋण तिर्न सकिने बताए । प्रस्तुत छ, आजको टप ५ समाचार :





























प्रतिक्रिया