खोटाङ ।
कोरोना भाइरस (कोभिड –१९) को जोखिम हुन नदिन ऐसेलुखर्क गाउँपालिकाले प्रथामिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा दश श्ययाको आइसोलेसन कक्ष तयार गरेको छ । सो भाइरसका आशंका भएकालाई राख्न छुट्टै कक्ष बनाएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिए ।
जिल्ला अस्पताल दिक्तेलमा तीन श्ययाको सो कक्ष तयार पारिएको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिकाले त्रिभुवन माविमा दश श्ययाको क्वारेन्टाइन तयार गरेको छ । गाउँपालिकाका सात वटै वडामा पाँच/पाँच श्ययाको क्वारेन्टाइन समेत निर्माण गरिएको जनाइएको छ ।
यसैबीच, हलेसी तुवाचुङ नगरपालिकामा ‘लकडाउन’लाई पूर्णरुपमा पालना गराउन सर्वदलीय निर्णय गरिएको छ । कोरोना भाइरसको जोखिमबाट बच्ने एक मात्र उपाय ‘लकडाउन’ कै पालना भएकाले यसलाई पूर्णरुपमा पालना गराउन नगरप्रमुख इवन राई संयोजकत्वमा नगरस्तरीय समन्वय समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा ११ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सबै स्वास्थ्यचौकीका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधि, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख र रेडक्रस प्रतिनिधि समावेश छन् । —रासस





























प्रतिक्रिया